काठमाडौं महानगरमा समाजवादीको पहिलो जित, १६ मा कांग्रेस विजयी
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १५ को वडाध्यक्षामा एकीकृत समाजवादीका ईश्वरमान डंगोल निर्वाचित भएका छन्। काठमाडौं महानगरमा समाजवादीको यो पहिलो जित हो।
डंगोलले तीन हजार ४ सय ७६ मत पाएका छन् भने प्रतिस्पर्धी कांग्रेस उम्मेदवार जीवन डंगोलले एक हजार ५ सय ७२ मत ल्याएका छन्। एमालेका उम्मेदवार पूर्णकाजी डंगोलले भने एक हजार ३ सय ९३ मत पाए।
यस्तै महानगरको वडा नम्बर १६ मा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका छन्। उनले ४ हजार १९ मत ल्याए।
उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधारले भने ३ हजार ३१० मत ल्याएका छन्।
जेठ १२, २०७९ बिहीबार १३:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।