अब भरतपुर महानगरबासीलाई महिनाको ७ हजार लिटर पानी नि:शुल्क
काठमाडौं : भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले महानगरबासीलाई महिनाको ७ हजार लिटर पानी नि:शुल्क दिने घोषणा गरेकी छिन्। मेयरको पदभार ग्रहण गर्दै उनले यस्तो घोषणा गरेकी हुन्।
नवनिर्वाचित मेयर दाहालले आगामी आर्थिक वर्षदेखि नगरबासीका छोरीहरूका लागि जीवन बिमा गर्ने निर्णयमा पनि हस्ताक्षर गरिन्।
आगामी आर्थिक वर्षबाट यो बीमा कार्यक्रम लागू हुनेछ। छोरीहरूका लागि एक लाख रूपैयाँको जीवन बिमा गर्ने महानगरको निर्णय छ।
महानगरले गरिदिने बिमामार्फत १५ वर्षपछि एक लाख रूपैयाँ पाइने छ। यो बिमाको व्यवस्था सरकारी अस्पतालमा जन्मिएका छोरीहरूका हकमा मात्रै लागू हुनेछ।
जेठ ११, २०७९ बुधबार ०८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।