पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य विजयी

पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य विजयी

काठमाडौं : पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन्। उनी गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेका थिए।

पोखराको उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भइन्।

गठबन्धनका आचार्य ५८ हजार ८ सय ९३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन्।

नेकपा एमालेकी  उम्मेदवार गुरुङ ६० हजार ५ सय ४६ मत ल्याएर उपमेयरमा विजयी भइन् भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ ल्याएकी छिन्।

यसअघिको निर्वाचनमा पोखरा महानगरमा एमालेका उम्मेदवार भारी मतले विजयी भएका थिए।

जेठ ११, २०७९ बुधबार ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।