वीरगन्जका मेयरलाई सांसदले चाँदीको मुकुट उपहार दिए

वीरगन्जका मेयरलाई सांसदले चाँदीको मुकुट उपहार दिए

वीरगन्ज : गठबन्धनको तर्फबाट वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित मेयर राजेशमान सिंह जनता समाजवादी पार्टीका सांसदले चाँदीको मुकुट लगाइदिएका छन्। सिंहले निर्वाचन अगाडि जसपा छाडेर एमालेमा गएका निवर्तमान मेयर विजय सरावगीलाई पराजित गरेका थिए। सिंहले ४६ हजार २ सय १५ मत पाएका थिए।

जसपाका केन्द्रीय सदस्य समेत रहेका प्रदीप यादवले उनलाई भेटेर चाँदीको मुकुट लगाइदिएर बधाई दिएका हुन्। उनले मुकुट लगाइदिएको तस्बिर आफ्नो फेसबुक पेजमा राख्दै लेखेका छन्' हामी सँगै लडेका थियौँ, सँगै जित्यौ पनि, हामी सँगै रहन्छौ, सँगै अगाडि बढ्छौ ,यो जीत हाम्रो होइन सम्पूर्ण वीरगन्जवासीको जीत हो।’

चाँदीको मुकुट उपहार पाउँदा उनले निर्वाचित भएको प्रमाण पत्र भने लिइसकेका थिएनन्। मुकुट उपहार पाएपछि उनी नृसिंह माविमा गएर मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलेबाट निर्वाचित भएको प्रमाणपत्र लिएका छन्।

प्रमाण पत्र लिएपछि उनी यादव सहित वीरगन्जमा आयोजित विजय र्यालीमा सहभागी भएका थिए।

जेठ १०, २०७९ मंगलबार १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।