विध्यार्थीलाई बेड पार्टनर बन्न प्रस्ताव गर्ने सेन्ट लरेन्सका शिक्षक पक्राउ

विध्यार्थीलाई बेड पार्टनर बन्न प्रस्ताव गर्ने सेन्ट लरेन्सका शिक्षक पक्राउ

काठमाडौँ : विद्यार्थीलाई यौन प्रस्ताव राख्दै मेसेज पठाएर दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का एक शिक्षक पक्राउ परेका छन्। उनले विद्यार्थीलाई 'विल यु बि माई बेड पार्टनर?' भन्दै सन्देशहरू पठाउने गरेको खुलेपछि कलेजका विध्यार्थीहरु आन्दोलित भएका थिए।

'तिमीले मिनिस्कर्ट लगाको कस्तो सेक्सी देखिएको। विल यु बि माई बेड पार्टनर?, तिम्रो घर टाढा छ मेरो घरमै बस। भाडा पनि लिँदिनँ। गाडी भाडा पनि मै दिन्छु। कलेजमा पनि फ्री गरिदिन्छु। तिमीले मेरो बेडको स्याटिस्फ्याक्सन पूरा गरिदिनुपर्यो' भन्दै उनले एक छात्रालाई निरन्तर सन्देशहरू पठाउने गरेको पीडितको दाबी छ।

सेन्ट लरेन्सका कोअर्डिनेटरले जब आफ्नै विद्यालयकी छात्रालाई 'विल यु बि माइ बेड पार्टनर?' भने

विद्यालय प्रशासनलाई जानकारी गराउँदा आन्तरिक रूपमा मिलापत्र गराउने प्रयास गरेपछि विध्यार्थीहरु कलेजमै आन्दोलित भएपछि प्रहरीले शर्मालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त गौशालामा ल्याएको थियो।

त्यसपछि विध्यार्थीहरु वृत्त अगाडि भेला भएर नाराबाजी गर्दै कारबाहीको माग गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीका अनुसार आरोपित शिक्षक र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।

१० जेठ, २०७९, १५:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।