तुलसीपुर उपमहानगर: मेयर-उपमेयरमै एमालेको अग्रता
दाङः तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर पदाम एमालेका उम्मेदवारहरूको अग्रता कायमै छ। मेयरमा एमालेका टीकाराम खड्का एक हजार ६५० मतले अगाडि छन्। उनले हालसम्म २४ हजार ८९१ मत पाउँदा प्रतिस्पर्धी कांग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन्।
उपमेयरमा पनि एमालेको अग्रता कायम छ। एमालेकी स्यानी चौधरीले २४ हजार ५७२ मत पाउँदा एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत पाएका छन्। उनीहरूबीच सात हजार २३९ को मतान्तर छ।
तुलसीपुरमा १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेका छन्। हाल वडा नं १२ मा माओवादी केन्द्रका खुसीराम चौधरी विजयी भएका छन्।
उपमहानगरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए।
जेठ १०, २०७९ मंगलबार १२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।