रुपन्देहीमा आफन्तबाटै १२ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ
बुटवल : रुपन्देहीको तिलोत्तमामा एक १२वर्षीयाबालिका बलात्कृत भएकी छिन्। तिलोत्तमा नगरपालिका वडा नं ३ सिमानगरकी १२ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।
प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ समेत गरेको छ। प्रहरीले बुटवल उपमहानगर पालिका वडा नं ११ मा आफन्त पर्ने ५९ वर्षीय पुरुषलाई पक्राउ गरेको बताएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बालिकालाई मिठाई खान दिने प्रलोभनमा पारी तिनाउ खोलामा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। बलात्कार गर्दैगर्दा चिच्चाएपछि त्यी बालिकालाई स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए।
बलात्कार गर्ने पुरुषविरुद्ध जिल्ला अदालत रुपन्देहीमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको केसीले बताए। बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ।
जेठ ९, २०७९ सोमबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।