मानव बेचबिखन आरोपमा पाण्डेलाई प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

मानव बेचबिखन आरोपमा पाण्डेलाई प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ :  सौन्दर्य प्रतियोगिताको नाममा प्रतियोगीको बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई अदालतले मानव बेचबिखन अभियोगमा अनुसन्धानका लागि म्याद दिएको छ।

बलात्कारको आरोपमा अनुसन्धानको हदम्याद गुजारिएकाले प्रहरीले पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसारको आरोपमा न्यायिक हिरासतमा राख्ने अनुमतिका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो। अदालतले पहिलो पटक पाँच दिनको म्याद दिएको छ।

९ जेठ, २०७९, १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।