प्रदेश १ मा हार्यो एमाले, फुटको फाइदा कांग्रेस र माओवादीलाई (जिल्लागत विवरण सहित)
काठमाडौं : १३७ स्थानीय तह रहेको प्रदेश १ मा केही स्थानको अन्तिम नतिजा सार्वजनिक हुन बाँकी रहँदा नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका जितेको छ। कांग्रेसले ६५ पालिका जित्दा एमाले ४३ स्थान जित्दै दोस्रो स्थान कायम गरेको छ। यस्तै माओवादी केन्द्रले १२ स्थानीय तह जित्दा अन्यले ९ स्थानीय तह प्रमुख जितेका छन्।
२०७४ मा कांग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा जितेको थियो। ०७४ को निर्वाचनमा प्रदेश १ मा सबैभन्दा धेरै ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले यस पटक दोस्रो स्थानमा खुम्चिने निश्चित छ।
०७४ को निर्वाचनमा ९ स्थानीय तह जितेको माओवादीले जित्दा राप्रपाले अघिल्लो चुनावमा प्रदेशमा ३ स्थान जितेको थियो। त्यस्तै जसपाले २ पालिकामा जितेको थियो। एमालेलाई पार्टी फुटको असर परेको देखिन्छ।
एकीकृत समाजवादीले आफूले नजिते पनि एमालेलाई हराउन भूमिका खेल्यो। इलाम र उदयपुरको स्थानीय तह प्रमुख जितेको उसले अन्य ठाउँमा जित्न सकेन।
१० स्थानीय तह रहेको इलाममा एमाले बलियो देखियो। एमालेले ५ स्थानीय तह कांग्रेसले ४ र एकीकृत समाजवादीले १ स्थानीय तह जिते।
९ स्थानीत तह रहेको ताप्लेजुङमा फुङलिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका मेरिङ्देन गाउँपालिका, सिरीजंघा गाउँपालिका कांग्रेसले जित्दा आठराई त्रिवेणी गाउँपालिका, पाथीभरा याङवरक गाउँपालिका, सिदिङ्वा गाउँपालिका एमाले जित्यो।
फक्ताङलुङ गाउँपालिका, मैवाखोला गाउँपालिका माओवादीले जित्दा एकीकृत समाजवादी पालिका प्रमुखमा शून्यमा रह्यो।
८ स्थानीय तह रहेको पाँचथरमा कांगेसले ६ वटा स्थानीय तह जितेको छ। एमाले र माओवादीले १–१ स्थानीय तह जितेका छन्। कुस्मायक गाउँपालिका, तुम्वेवा गाउँपालिका, फालेलुङ गाउँपालिका, कांग्रेस फाल्गुनन्द गाउँपालिका, फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका कांग्रेसले जितेको छ। याङवरक गाउँपालिका एमालेले जित्यो भने मिक्लाजुङ गाउँपालिका माओवादीले जित्यो।
१० वटा स्थानीय तह रहेको इलाममा एमाले बलियो देखियो। उसले ५ स्थानीय तह जित्दा कांग्रेसले ४ र एकीकृत समाजवादीले १ स्थानीयत तह जिते। एमालेले देउमाई नगरपालिका, एमाले फाकफोकथुम गाउँपालिका, माई नगरपालिका, माईजोगमाई नगरपालिका, माङसेबुङ नगरपालिका प्रुखमा जित हात पा¥यो। कांग्रेसले इलाम नगरपालिका, चुलाचुली गाउँपालिका, रोङ गाउँपलिकार सन्दकपुर गाउँपालिका जित्दा सूर्योदय नगरपालिकामा एकीकृत समाजवादीले जित हात पा¥यो। माओवादी भने इलामको पालिका प्रमुखमा शून्य भयो।
१५ स्थानीय तह रहेको झापामा ४ मा जित र ३ मा अग्रता लिर्दै एमालेले लिड गरिरहेको छ। कांग्रेसले ४ वटै स्थानीय तह जित्दै २ मा अग्रता लिएको छ। अन्य पार्टीले २ वटा स्थानीय तहमा जित हात पारेका छन्।
कमल गाउँपालिका, गौरीगंज गाउँपालिका कांग्रेसले अग्रता लिएको छ भने गौरादह नगरपालिका, मेचीनगर नगरपालिका, शिवसतासी नगरपालिका एमालेले अग्रता लिएको छ।
अर्जुनधारा नगरपालिका, कन्काइ नगरपालिका, बाह्रदशी गाउँपालिका, विर्तामोड नगरपालिका एमालेले प्रमुख पद जित्दा कचनकवल गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ती गाउँपालिका, भद्रपुर नगरपालिका कांग्रेसले जितेको छ।
दमक नगरपालिका र हल्दीबारी नगरपालिकामा राप्रपाले जित हात पारेको छ। माओवादी र एकीकृत समाजवादी झापामा पालिका प्रमुखमा शून्य भए।
१० वटा स्थानीय तह रहेको संखुवासभामा ६ वटा स्थानीय तह जित्दै लिड गरेको छ। एमाले ४ स्थानीय तह जित्दा अन्य दलले पालिका प्रमुख जित्न सकेनन्।
खाँदबारी नगरपालिका, चिचिला नगरपालिका, पाँचखपन नगरपालिका, सभापोखरी गाँउपालिका, सिलीचोङ गाउँपालिका र मकालु गाउँपालिका कांग्रेसले जितेको छ भनेचैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, भोटखोला गाउँपालिका र मादी गाउँपालिका एमालेले जितेको छ।
६ वटा स्थानीय तह रहेको तेह्रथुममा कांग्रेस र एमालेले ३–३ वटा स्थानीय तह जितेका छन्। आठराई गाउँपालिका, फेदाप गाउँपालिका र लालिगुँरास नगरपालिकामा कांग्रेसले जित्दा छथर गाउँपालिका, मेन्छयायेम गाउँपालिका र म्याङलुङ नगरपालिका एमालेले जित्यो। तेह्रथुममा अन्य दलहरुले पालिका प्रमुख जित्न सकेनन्।
९ वटा स्थानीय तह रहेको भोजपुरमा कांग्रेसर एमालेले ३–३ वटा स्थानीय तह जितेका छन्। माओवादीले २ स्थानीय तह जित्दा अन्यले १ स्थानीय तह जितेका छन्।
अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिका कांग्रेसले जित्दा पौवादुङमा गाउँपालिका, षडानन्द नगरपालिका र हतुवागढी गाउँपालिकामा एमालेले जित हात पा¥यो। आमचोक गाउँपालिका रामप्रसाद राई गाउँपालिका माओवादीले जित्दा साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले बाजी मारे।
७ वटा स्थानीय तह रहेको धनकुटामा ४ वटा स्थानीय तह कांग्रेसले जित्दा ३ वटा स्थानीय तह एमालेले जित्न सफल भयो। अन्य पार्टीहरु धनकुटाको पालिका प्रमुखमा शून्य भए। छथर जोरपाटी गाउँपालिका, पाख्रिवास नगरपालिका महालक्ष्मी नगरपालिका, सागुरीगढी नगरपालिका प्रमुखमा कांग्रेसले जित्दा सहदिभूमि गाउँपालिका, एमाले चौविसे गाउँपालिका, धनकुटा नगरपालिकामा एमालेले तित्यो।
१७ स्थानीय तह रहेको मोरङमा ८ वटामा कांग्रेस विजयी भएको छ। एमाले ७ वटा स्थानीय तहमा जित निकालेको छ भने २ वटामा अग्रता लिइरहेको छ। सुन्दरहरैँचा नगरपालिका र रंगेली नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ।
कटहरी गाउँपालिका, ग्रामनथा गाउँपालिका जहदा गाउँपालिका धनपालनाथ गाउँपालिका, बूढीगंगा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, रतुवामाइ नगरपालिका, विराटनगर महानगरपालिका प्रमुखमा कांग्रेसले जितेको छ।
उर्लावारी नगरपालिका, कानेपोखरी गाउँपालिका, केराबारी गाउँपालिका, पथरी शनिश्चरे नगरपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, सुनवर्षा नगरपालिका एमालेले जितेको छ। मोरङमा नगर प्रमुखमा अन्य दल शून्य छन्।
१२ वटा स्थानीय तह रहेका सुनसरीमा ७ स्थानीय तह जित्दै कांग्रेस बहुस्थानीय तह जितेको छ। एमालेले ३ स्थानीय तह जित्दा जसपा र अन्यले १–१ स्थानीय तह जितेको छन्।
इटहरी उपमहानगर, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, दुहवी नगरपालिका, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका कांग्रेसले जितेको छ। गढी गाउँपालिका, बर्जु गाउँपालिका, रामधुनी नगरपालिका एमालेले जित्दा देवागंज गाउँपालिका जसपाले जित्यो। धरान उपमहानगरपालिका स्वतन्त्र उम्मेदवारले बाजी मारे।
८ स्थानीय तह रहेको सोलुखुम्बुमा ५ वटा स्थानीय तह प्रमुख कांग्रेसले जितेको छ। २ वटामा एमालेले जित हात पार्दा एकमा माओवादीले जित निकालेको छ।
नेचासल्यान गाउँपालिका, महाकुलुङ गाउँपालिका, लिखु पिके गाउँपालिका, सोताङ गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकामा कांग्रेसले जितेको छ। खुम्बु पासाङल्हामु गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका एमालेले जित्दा थुलुङ दुधकोशी गाउँपालिका माओवादी जितेको छ। अन्य दलहरु भने सोलुखुम्बुको स्थानीय तहमा जित विहिन बने।
१० वटा स्थानीय तह रहेको खोटाङमा ६ वटामा कांग्रेसले जितेको छ। एमाले र माओवादीले २–२ वटा स्थानीय तह जितेका छन्।
कोपिलासगढी गाउँपालिका, बराह पोखरी खोटेहाङ गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रावावेशी खोटेहाङ गाउँपालिका, साकेला खोटेहाङ गाउँपालिका र हलेसी तुवाचुङ खोटेहाङ गाउँपालिका प्रमुखमा कांग्रेसले जितेको छ। जन्तेढुंगा गाउँपालिका खोटेहाङ गाउँपालिका माओवादीले जित्दा एसेलुखर्क गाउँपालिका र दिप्रुङ चुइचुम्मा खोटेहाङ गाउँपालिका एमालेले जित्यो।
८ वटा स्थानीय तह रहेको ओखलढुंगामा ४ वटा स्थानीय तह कांग्रेसले जित्दा, एमाले, माओवादी, जसपा र अन्यले १–१ स्थानीयत तहका प्रमुख जितेका छन्। चम्पादेवी गाउँपालिका, लिखु गाउँपालिका, सिद्धिचरण नगरपालिका र सुनकोशी गाउँपालिका जित्दै कांग्रेस बहुपालिकामा विजयी भयो। दिजिदेम्बा गाउँपालिका प्रमुखमा जसपा, चिशंखुगढी गाउँपालिका प्रमुखमा माओवादी, मानेभञ्ज्याङ गाउँपालिका स्वतन्त्र र मोलुङ गाउँपालिका एमालेले जित हात पा¥यो।
८ वटै स्थानीय तह रहेको उदयपुरमा ३ वटा स्थानीय तहमा माओवादीले जितेको छ। कटारी नगरपालिका र त्रियुगा नगरपालिकामा एमालेले अग्रता लिइरहेको एमालेले चौदण्डीगढी नगरपालिका पनि जितेको छ। ताप्ली गाउँपालिका, रौतामाइ गाउँपालिका र लिम्चुङ्गुबुङ गाउँपालिका माओवादीले जित्दा उदयपुरगढी गाउँपालिकामा एकीकृत समाजवादीले जित्दा बेलका नगरपालिका कांग्रेसले जितेको छ।
जेठ ९, २०७९ सोमबार १२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।