तिलोत्तमा: कांग्रेसका खाँणले अग्रता बढाउँदै लगे
बुटवलः तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस अग्रता बढाउँदै लगेको छ। आइतबार बिहानसम्म अग्रस्थानमा रहेका एमालेका मेयर पदका उम्मेदवार मोहन चापागाईँलाई पछि पार्दै गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका हुन्।
तिलोत्तमाको ३६ हजार १५१ मत गणना हुँदा चापागाईँलाई ७५६ मतले पछाडि पार्दै खाँण अगाडि बढेका हुन्। पछिल्लो परिणामअनुसार खाँणको १४ हजार १६८ मत आउँदा चापागाईँलाई १३ हजार ४१२ मत प्राप्त भएको छ।
उपप्रमुखमा भने भारी मतान्तरले एमाले उम्मेदवार जागेश्वरी चौधरीले अग्रता लिएकी छन्। कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भए पनि माओवादीका उम्मेदवार हेमराज शर्माले चुनावी तालमेल अनुसार मत नपाएको परिणामले देखाएको छ।
चौधरीको १३ हजार ५६ मत आउँदा शर्माको ६ हजार ७२५ मत मात्र आएको छ।
जेठ ९, २०७९ सोमबार ०९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।