तिलोत्तमा खाँणको अग्रता कायमै, पछ्याउँदै चापागाईँ

तिलोत्तमा खाँणको अग्रता कायमै, पछ्याउँदै चापागाईँ

बुटवल :रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पछिल्लो समय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन्। पछिल्लो समय  ३० हजार ७ सय ३४ मतको परिणाम सार्वजनिक गर्दा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेस रामकृष्ण खाँणले ११ हजार ९ सय ४९ मत पाएका छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँले पछ्याई रहेका छन्। चापागाईँले ११ हजार ५ सय ९२ मत पाएका छन्। खाँण भन्दा चापागाईँ ३५७ मतले पछाडि परेका छन्। उप प्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर बढीको अर्थात ५ हजार ५ सय ५५ मतले अगाडी छन्। एमालेकी जागेश्वरीदेवि चौधरीले ११ हजार २ सय ७० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेको गोलाकार भित्र हँसिया हथौडामा ५ हजार ७ सय १५ मत प्राप्त भएको छ।

तिलोत्तमा नगरपालिकामा हाल सम्म वडा नं १, २, ३ १५,१६र १७ नं वडाको अन्तिम परिणाम आई सकेको छ। ती वडा मध्ये वडा नं १ र १५ मा नेकपा एमालेले विजय हासिल गरेको छ भने वडा नं २,३ १६ र १७ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ।
 

जेठ ८, २०७९ आइतबार १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।