लुम्बिनी प्रदेशमा ९१ पालिकाको परिणाम आउँदा कांग्रेस पहिलो, एमाले तेस्रो (कहाँ कसले जिते)
बुटवल : लुम्बिनी प्रदेशका १ सय ९ पालिकामध्ये अहिलेसम्म ९१ पालिकाको आधिकारिक नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगको तथ्याङक अनुसार हालसम्मको मतपरिणाम अनुसार लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस पहिलो र एमाले तेस्रो स्थानमा छ।
नेपाली कांग्रेस अहिलेसम्म ४० पालिकामा विजयी भएको छ। माओवादी २४ पालिकामा विजयी हुँदा एमालेले जम्मा २२ पालिका जितेको छ। दुई पालिकामा जनमोर्चाले विजय हासिल गरेको छ भने दुई पालिका जनता समाजवादी पार्टीले जितेको छ। त्यस्तै एक पालिकामा राप्रपा विजयी भएको छ।
१२ जिल्ला रहेको प्रदेशमा गुल्मी, रोल्पा, अर्घाखाँची, बर्दिया, अर्घाखाँची, रुकुम पूर्व, प्युठान, नवलपरासी पश्चिमका सबै पालिकाको मतगणना सकिएको छ।
दाङमा तुल्सीपुर उपमहानगरपालिकाको मात्र बाँकी छ। पाल्पाको रम्भादेवी गाउँपालिका बाहेक अन्य गाउँपालिकाको मत गणना सकिएको छ।
नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
-गुल्मी दरबार गाउँपालिका, गुल्मीः सरोज कुमार थापा (६१६६) विजयी, एमालेका कृष्ण बहादुर भुसाल (५६०२)
-रेसुंगा नगरपालिका, गुल्मीः खिलध्वज पन्थी (८६१४) विजयी, एमालेका राजेन्द्र पाण्डे (७३२०)
-मदाने गाउँपालिका, गुल्मीः महेन्द्रबहादुर कुँवर (४७०७) विजयी, एमालेका प्रेमबहादुर केसी (४६९७)
-इस्मा गाउँपालिका, गुल्मीः भरतसिंह खड्का (५५८९) विजयी, एमालेका हिराबहादुर अर्याल (५४६४)
-कालिगण्डकी गाउँपालिका, गुल्मीः बेदबहादुर थापा (४८१०) विजयी, एमालेका रामजी ढकाल (४६७७)
-ऐरावती गाउँपालिका, प्युठानः नविलविक्रम शाह (४६६९) विजयी, माओवादीका बुद्ध बस्नेत (२६५०)
-स्वर्गद्वारी गाउँपालिका, प्युठान: टंकप्रसाद भण्डारी, (७७२६) विजयी, एमालेका रामप्रसाद श्रेष्ठ (५१५२)
-गौमुखी गाउँपालिका, प्युठान: विष्णु गिरी (३६४९) विजयी, एमालेका जुमानसिंह घर्ती (२६८७)
-राजपुर गाउँपालिका, दाङ: शरदकुमार बुढाथोकी (३९८०) विजयी, एमालेका चक्र खड्का (३१६७)
-बबई गाउँपालिका, दाङ: कुलबहादुर खत्री (६६१५) विजयी, एमालेका भुवनेश्वर पौडेल (५५२९)
-दंगीशरण गाउँपालिका, दाङ: सम्भु गिरी (५४६७) विजयी, एमालेका मेघनाथ शाह (४०४९)
-लमही नगरपालिका, दाङ: जोगराज चौधरी (९३१७) विजयी, माओवादीका बसन्तराज शर्मा (७२८५)
-शान्तिनगर गाउँपालिका, दाङ: प्रमोद बस्नेत (५७१६) विजयी, एमालेका विष्णु केसी (४५२४)
-डुडुवा गाउँपालिका, बाँके: नरेन्द्रकुमार चौधरी (६२७२) विजयी, जसपाका भण्डारीलाल अहिर (५१२५)
-राप्ती सोनारी गाउँपालिका, बाँके: तप्तबहादुर पौडेल (१०११२) विजयी, माओवादीका पट्टु थारु (९२९२)
-बारबर्दिया नगरपालिका, बर्दिया: छविलाल थारु (१३००६) विजयी, एमालेका पदमप्रसाद ढकाल (१०३५१)
-गुलरिया नगरपालिका, बर्दिया: मुक्तिनाथ यादव (७०८९) विजयी, एमालेका अमर खड्का (७८११)
-गेरुवा गाउँपालिका, बर्दिया: जमान केसी (७६९८) विजयी, माओवादीका विश्वबहादुर थारु (६६२०)
-ठाकुरबाबा नगरपालिका, बर्दिया: तिलकराम लम्साल (९०४२) विजयी, माओवादीका नेत्रराज आचार्य (६८१८)
-बारबर्दिया गाँउपालिका, बर्दिया: छविलाल थारु (१३००६) विजयी, एमालेका पदम ढकाल (१०३५१)
-मधुवन नगरपालिका, बर्दिया: तेजबहादुर भाट (८७७५) विजयी, माओवादीका लक्ष्मी शर्मा (७९३१)
-रैनादेवी छहरा गाउँपालिका, पाल्पा: रुक्मागत भट्टराई (६६४३) विजयी, राम बहादुर राउत (६१४५)
-रामपुर नगरपालिका, पाल्पा: रमणबहादुर थापा (१०४५६) विजयी, एमालेका शिव अर्याल (१००८३)
-तानसेन नगरपालिका, पाल्पा: सन्तोषलाल श्रेष्ठ (११२७३) विजयी, एमालेका घनेन्द्रराज घिमिरे (१०३९४)
-गंगादेव गाउँपालिका, रोल्पा: हरिबहादुर पुन (२५५७) विजयी, एमालेका रोशनकुमार वली (२४९९)
-रुन्टीगढी गाउँपालिका, रोल्पा: जनक पुन (४३९१) विजयी, माओवादीका गोविन्द पुन मगर (३७०८)
-सिद्धार्थनगर नगरपालिका, रुपन्देही: इश्तियाक अहमद खान (९१३४) विजयी, राप्रपाका सागरप्रताप राणा (८१३७
-शुद्धोधन गाउँपालिका, रुपन्देही: विष्णुप्रसाद बस्याल (७९८३) विजयी, एमालेका किशुनचन्द चौधरी (६२७०)
-कञ्चन गाउँपालिका, रुपन्देही: नवराज ढकाल (९०८५) विजयी, एमालेका दिनानाथ आचार्य (७८५४)
-मायादेवी गाउँपालिका, रुपन्देही: ध्रुवनारायण चौधरी (५३८६) विजयी, लोसपाका राम अघारे अहिर (४९८८)
-सियारी गाउँपालिका, रुपन्देही: थानेश्वर घिमिरे (१००४५) विजयी, एमालेका अयोध्या थारु (७२६८)
-छत्रदेव गाउँपालिका, अर्घाखाँची: चन्द्रमान श्रेष्ठ (७४०७) विजयी, एमालेका दिपक पन्थी (७२२४)
-शीतगंगा नगरपालिका, अर्घाखाँची: छविलाल पौडेल (१००७८) विजयी, एमालेका बसन्तकुमार श्रेष्ठ (९८९२)
-रामग्राम नगरपालिका, नवलपरासी पश्चिम: धनपत यादव (७८२४) विजयी, कांग्रेसका नरेन्द्रकुमार गुप्ता (६२६७)
-सुस्ता गाउँपालिका, नवलपरासी पश्चिम: टेकनारायण उपाध्याय (६२७०) विजयी, एमालेका रामप्रसाद पाण्डेय (५९९८)
-बर्दघाट नगरपालिका, नवलपरासी पश्चिम: शम्भुलाल श्रेष्ठ (१८४८९) विजयी, एमालेका धिरज शर्मा (१३३२७)
-प्रतापपुर गाउँपालिका, नवलपरासी पश्चिम: उमेशचन्द्र यादव (६००८) विजयी, जनता प्रगतिशिल पार्टीका करम हुसेन मिया (३८०८)
नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
पूर्वखोला गाउँपालिका, पाल्पा: नुन बहादुर थापा (६०३९) विजयी, नेकपा एसका मीनप्रसाद गिरी (१२५७)
-तिनाउ गाउँपालिका, पाल्पा: प्रेम श्रेष्ठ (५०९०) विजयी, माओवादीका राजेश श्रेष्ठ (४४६६)
-माथागढी गाउँपालिका, पाल्पा: यमबहादुर चिदी (६१०९) विजयी, कांग्रेसका सन्तोष थापा (५५४५)
-निस्दी गाउँपालिका, पाल्पा: मुक्तबहादुर सारु (६६५२) विजयी, कांग्रेसका गोविन्द अर्याल (३४६६)
-बगनासकाली गाउँपालिका, पाल्पा: सरस्वती दर्लामी चिदी (६४६६) विजयी, कांग्रेसकी सुनिता अधिकारी ५६३३
-छत्रकोट गाउँपालिका, गुल्मी: रामप्रसाद पाण्डेय (६५८६) विजयी, कांग्रेसका अनन्तराम पौडेल (५९४८)
-सत्यवती गाउँपालिका, गुल्मी: टीकाराम पाण्डे (६२६७) विजयी, कांग्रेसका पारिश्वर ढकाल (५६११)
-मुसिकोट नगरपालिका, गुल्मी: जीवलाल खरेल (५४२७) विजयी, कांग्रेसका हरिनारायण सापकोटा (५२६५)
-सरुमारानी गाउँपालिका, प्युठान: झगबहादुर विश्वकर्मा (४२८०) विजयी, कांग्रेसका मुकुन्दराज शर्मा (४१९४)
-नौबहिनी गाउँपालिका, प्युठान: दिलबहादुर थापा (६५३७) विजयी, कांग्रेसका शिवराज रिजाल (५६६२)
-मालारानी गाउँपालिका, अर्घाखाँची: दलबहादुर भट्टराई (८२८३) विजयी, माओवादीका पदम क्षेत्री (६७२७)
-पाणिनी गाउँपालिका, अर्घाखाँची: टेकराज न्यौपाने (७७४९) विजयी, कांग्रेसका अच्युत गौतम (७०२८)
-सन्धिखर्क नगरपालिका, अर्घाखाँची: कृष्णप्रसाद श्रेष्ठ (१११३५) विजयी, कांग्रेसकी शान्ती भण्डारी (९३३४)
-त्रिवेणी गाउँपालिका, रोल्पा: कर्णबहादुर बाठा मगर (५०८५) विजयी, माओवादीका रेशम पुन (४४६३)
-बासगढी नगरपालिका, बर्दिया: खड्गबहादुर खड्का (१०९४७) विजयी, माओवादीका भवन थारु (९७६३)
-सरावल गाउँपालिका, नवलपरासी पश्चिम: सुखाडी चौधरी (७०५९) विजयी, कांग्रेसका अनिलकुमार गौड (४०८९)
-सुनवल नगरपालिका, नवलपरासी पश्चिम: विमला अर्याल (१४८३८) विजयी, कांग्रेसका अर्जुन पोखरेल (११६२०)
-घोराही उपमहानगरपालिका, दाङ: नरुलाल चौधरी (३१७२८) विजयी, माओवादीका हेमराज शर्मा (२६३६८)
-देवदह नगरपालिका, रुपन्देही: ध्रुव खरेल (१२९४३) विजयी, कांग्रेसका हिरा खत्री (११३२३)
-ओमसतिया गाउँपालिका, रुपन्देही: मञ्जितकुमार यादव (४८३२) विजयी, राप्रपाका तिलकसिंह बोहोरा (३१३९)
-बाणगंगा नगरपालिका, कपिलवस्तु: चक्रपाणी अर्याल (१८९९९) विजयी, कांग्रेसका रविराज आचार्य (१८३६०)
-यशोधरा गाउँपालिका, कपिलवस्तु: शिवदयाल तिवारी (४४६२) विजयी, कांग्रेसका अनुपकुमार पाण्डेय (३२००)
माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह
-थवाङ गाउँपालिका, रोल्पा: ऋषिकेशव बुढामगर (२१२२) विजयी, स्वतन्त्र दलजित रोका (१५०६)
-रोल्पा नगरपालिका, रोल्पा: सुरेन्द्र थापा (७६०३) विजयी, कांग्रेस शेरबहादुर थापा (३६५८)
-परिवर्तन गाउँपालिका, रोल्पा: सुकबहादुर बुढामगर (३३११) विजयी, कांग्रेसका विश्वकुमार चन्द (३१२९)
-सुनिल स्मृति गाउँपालिका, रोल्पा: मणिराम बुढाथोकी (६०६२) विजयी, कांग्रेसका गन्जबहादुर क्षेत्री (३८९३)
-लुङ्ग्री गाउँपालिका, रोल्पा: भरतकुमार थापा (४९६४) विजयी, कांग्रेसका जनक खड्का (४२९९)
-माडी गाउँपालिका, रोल्पा: अमरसिंह घर्तीमगर (३८३०) विजयी, एमालेका विजय घर्ती (३३८१)
-सुनछहारी गाउँपालिका, रोल्पा: धनबहादुर पुन (३४३९) विजयी, स्वतन्त्रका पुस्तमन घर्ती (१५२३)
-चन्द्रकोट गाउँपालिका, गुल्मी: युवराज खत्री क्षेत्री (५७००) विजयी, एमालेका चेतनबहादुर बस्नेत (३२४७)
-धुर्कोट गाउँपालिका, गुल्मी: भुपाल पोखरेल (६०८९) विजयी, कांग्रेसका महेन्द्र भण्डारी (४२६१)
-रुरुक्षेत्र गाउँपालिका, गुल्मी: यदु ज्ञवाली (५८१६) विजयी, एमालेका हिमालकुमार श्रेष्ठ (४५४०)
-मालिका गाउँपालिका, गुल्मी: देविराम अर्याल (६१७६) विजयी, एमालेका रितबहादुर थापा (४६१७)
-पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व: पुनिराज घर्ती (३९१३) विजयी, कांग्रेसका तेजेन्द्र खाम मगर (२११३)
-सिस्ने गाउँपालिका, रुकुम पूर्व: कृष्ण रेग्मी (३७७९) विजयी, कांग्रेसका दत्तबहादुर बस्नेत (३७००)
-भुमे गाउँपालिका, रुकुम पूर्व: होम प्रकाश श्रेष्ठ (३९७५) विजयी, मंगल अर्गनाइजेसनका रतन (५०३)
-बंगलाचुली गाउँपालिका, दाङ: तुल्सीराम पुन मगर (५७४९) विजयी, एमालेका भेषराज खत्री (३६७८)
-राप्ती गाउँपालिका, दाङ: प्रकाश विष्ट (६८९८), एमालेका जगत पोखरेल (५७००)
-गढवा गाउँपालिका, दाङ: यमनारायण शर्मा पोखरेल (६९०९) विजयी, कांग्रेसका सर्वजित डिसी (६१६७)
-प्युठान नगरपालिका, प्युठान: विष्णुबहादुर योगी (९३२३) विजयी, एमालेका विजय विष्ट (७८१६)
-माण्डवी गाउँपालिका, प्युठान: नमराज अधिकारी (३६७६) विजयी, एमालेका श्रीधर रोका (३४१९)
-झिमरुक गाउँपालिका, प्युठान: पितबहादुर महतरा (५९२९) विजयी, जनमोर्चाका टीका जिसी (५६९६)
-रिब्दीकोट गाउँपालिका, पाल्पा: नारायणबहादुर कार्की, (५७०४) विजयी, एमालेका नारायणबहादुर जिसी (४७२६)
-खजुरा गाउँपालिका, बाँके: डम्बरबहादुर विक (१०७३०) विजयी, एमालेका सुमन मल्ल (९१३७)
-राजापुर गाउँपालिका, बर्दिया: दिपेश थारु (९८०७) विजयी, कांग्रेसका दिपक शाह (९७६०)
-पाल्हीनन्दन गाउँपालिका, नवलपरासी पश्चिम: बैजुप्रसाद गुप्ता (४३८१) विजयी, कांग्रेसका राजेन्द्र कुमार लोहनी (४२९५)
राष्ट्रिय जनमोर्चाले जितेको पालिका
-मल्लरानी गाउँपालिका, प्युठान: कृष्णबहादुर खड्का (३५७६) विजयी, एमालेका शिवराज श्रेष्ठ (३०८९)
-भुमिकास्थान नगरपालिका, अर्घाखाँची: झविलाल थापा (८३२४) विजयी,एमालेका रेशम थापा (७५२४)
जनता समाजवादीले जितेका पालिका
-रोहिणी गाउँपालिका, रुपन्देही: विद्याप्रसाद यादव (७४९६) विजयी, राप्रपाका ताहिर अली (६४५८)
-कपिलवस्तु नगरपालिका, कपिलवस्तु: सुदीप पौडेल (११९०६) विजयी, एमालेका राजकुमार गुप्ता (८७८२)
राप्रपाले जितेको पालिका
-शिवराज नगरपालिका, कपिलवस्तु: अजय थापा (७६०२) विजयी, एमालेका महादेव पोखरेल (७१२८)
जेठ ६, २०७९ शुक्रबार १७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।