पोखरामा नक्कली कार्ड भिरेर मतगणनास्थल छिर्न खोज्ने दुई जना पक्राउ 

पोखरामा नक्कली कार्ड भिरेर मतगणनास्थल छिर्न खोज्ने दुई जना पक्राउ 

पोखरा : पोखरामा नक्कली कार्ड भिरेर मतगणनास्थल छिन खोज्ने दुई नक्कली प्रतिनिधि पक्राउ परेका छन्। पोखरा महानगरपालिकाको मतगणना स्थलमा नक्कली कार्ड भिरेर छिर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

नक्कली प्रतिनिधि कार्ड भिरेर मतगणना स्थलको मुख्य प्रवेशद्वारबाट छिर्न खोजेका दुइ जनालाई गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

पक्राउ परेकामध्ये एक जनाले जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेको र अर्का व्यक्तिले नक्कली परिचय पत्र बनाएर लगाएको खुलेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुन्दर तिवारीले बताए। उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाममा राखेर अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताए। 

जेठ ६, २०७९ शुक्रबार १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।