काठमाडौंको २८ नम्बर वडामा कांग्रेसका खड्गी प्यानलसहित विजयी
काठमाडौंः नेपाली कांग्रेसका भाइराम खड्गीले काठमाडौं वडा नम्बर २८ को वडाध्यक्ष पदमा विजय हासिल गरेका छन्। सो वडामा उनको प्यानलै विजयी भएको हो।
भाइरामले आफ्ना प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र खड्गीलाई २०९ मतान्तरले पराजित गरेका हुन्। भाइरामले एक हजार २८२ तथा दीपेन्द्रले एक हजार ७३ मत प्राप्त गरे। सदस्यमा कांग्रेसकै अरुण तण्डुकार र वीरेन्द्र महर्जन विजयी भएका छन्।
महिला सदस्यतर्फ कांग्रेसकी नीनाकुमारी खड्गी र दलित महिला सदस्यमा पनि कांग्रेसकै ललिता कार्की ढली विजयी भएका छन्।
काठमाडौंमा हालसम्म वडा नम्बर १, २, ३, ४, ५, २८ र ३० को मतपरिणाम सार्वजनिक भइसकेको छ। एकदेखि पाँचसम्म वडाध्यक्षमा एमाले तथा वडा नं २८ र ३० मा कांग्रेस विजयी भएको छ।
महानगरमा कुल मतदाता तीन लाख २४२ रहेकामा ६३ दशमलव ४९ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
जेठ ६, २०७९ शुक्रबार १०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।