पोखरामा गठबन्धनका उम्मेदवार आचार्यले बढाए अग्रता, पछ्याउँदै थापा
पोखरा : पोखरा महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराजआचार्यले अग्रता लिइरहेका छन्। महानगरमा ५५ हजार २ सय ६७ मत मतगणना हुँदा आचार्यले २२ हजार ८ सय ५२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण बहादुर थापाले २० हजार १ सय ३२ मत पाएका छन्। थापाको भन्दा आचार्यको २ हजार ७ सय २० मत बढी छ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ३ हजार ३ सय ०४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार खडकराज (गनेश) पौडेलले १ हजार ३१२ मत पाएका छन्।
उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाट र एमालेकी मञ्जुदेवी गुरुङबिच निकै प्रतिस्पर्धा चलिरहेको छ। कांग्रेसकी कोपिलाले १ सय ४३ मतले अग्रता लिएकी छिन्।
उनले २३ हजार १ सय ६४ मत ल्याएकी छन् भने एमालेकी मञ्जुले २३ हजार २१ मत प्राप्त गरेकी छन्। राप्रपाकी रञ्जना सेनले २ हजार ९९ सय मत प्राप्त गरिन्।
महानगरको वडा नं १, ५,६ मा एमाले विजयी हासिल गरेको छ भने वडा नम्बर २, ३, ४, १२, २०,२३, २४,२५ र २६मा कांग्रेस विजय भएको छ। महानगरमा अहिलेसम्म वडा नम्बर ७,८, ९,१०, १३, २०, २५, २६ र २७ वडाको मतगणना चलिरहेको छ।
पोखरा महानगरमा दुई लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन्। निर्वाचनमा महानगरमा एक लाख ४३ हजार २ सय २६ मत खसेको थियो।
जेठ ५, २०७९ बिहीबार २०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।