गण्डकी प्रदेशसभा बजेट अधिवेशन जेठ ११ गते
पोखरा : गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गते दिनको १ बजे बस्ने भएको छ। प्रदेश सरकारको जेठ ५ गते बसेको मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन।
जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ। बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ।
जेठ ५, २०७९ बिहीबार २०:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।