बुटवल उपमहानगरमा कांग्रेसका खेलराजलाई ६ हजारको अग्रता
बुटवल : रुपन्देहीको एकमात्र उपमहानगर बुटवलमा नेपाली काँग्रेसले फराकिलो मतान्तर बनाएको छ। स्थानीय तह निर्वाचनको जारी मतगणनामा बुटवलका प्रमुख पदका उम्मेदवार कांग्रेस नेता खेलराज पाण्डेयले मतान्तरलाई फराकिलो बनाएका हुन्।
पछिल्लो मत गणना अनुसार काँग्रेसका खेलराज पाण्डेयले २२ हजार ७७२ र नेकपा एमालेका बाबुराम भट्टराई १६ हजार ५२० पाएका छन्। काँग्रेस एमालेको मतान्तर मतान्तर ६ हजार २५२ पुगेको छ। उपप्रमुखमा एमाले सावित्रा अर्यालको अग्रता छ।
यहाँ १०,१४,१९ र १८ एमालेले जितेको छ भने १ मा स्वतन्त्रले जितेको हो। त्यस्तैगरी २ मा समाजवादी, ३ मा माओवादी केन्द्र ४, ५, ६, ७, १५, १६ र १७ मा काँग्रेसले जितेको छ।
१९ वटा वडा रहेको बुटवलमा अहिलेसम्म १, २, ३, ४, ५, ६, ७,१०,१४ १५, १६, १७, १८ र १९ को नतिजा सार्वजनिक भइसकेको छ। अहिले वडा नं ८,९,११ र को मतगणना जारी छ।
जेठ ५, २०७९ बिहीबार २०:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।