रुपन्देहीको तिलोत्तमा गठबन्धनका उम्मेदवार खाँणको अग्रता कायमै
बुटवल : रुपन्देहीको तिलोत्तमा अहिले मतगणना जारी छ। हाल सम्म ११ हजार १२९ मत गणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायम राखेका छन्। उनले ४ हजार ३३९ मत प्राप्त गरेका छन्।
त्यस्तै एमालेका मोहन चापागाईँले ४ हजार २१३ मतका साथ खाँणलाई पछ्याइरहेका छन्। उपप्रमुखमा भने एमालेकी जागेश्वरीदेवी चौधरीले अग्रता कायम राखेकी छिन्। अहिले तिलोत्तमा वडा नं.२,३ र १६ को मतगणना भइरहेको छ।
जेठ ५, २०७९ बिहीबार १३:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।