डडेल्धुरामा कांग्रेस बीपीले जित्यो अर्को वडा
डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–८ को वडाध्यक्षमा नेपाली कांग्रेस बीपीका नरबहादुर साँकी विजयी भएका छन्। उनले ३५० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रबहादुर साँकीले ३१६ मत प्राप्त गरेका छन्।
योसहित जिल्लामा कांग्रेस बीपी दोस्रो वडामा विजयी बनेको हो। यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको अध्यक्षमा काँग्रेस बीपीका नरेश भण्डारी विजयी भएका थिए।
कांग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ।
जेठ २, २०७९ सोमबार १८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।