पोखरामा धनराज ११७ मतले अघि, स्वतन्त्र उम्मेदवार गनेशले पाए ५२ मत

पोखरामा धनराज ११७ मतले अघि, स्वतन्त्र उम्मेदवार गनेशले पाए ५२ मत

पोखराः पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाएका छन्। महानरमा दुई हजार चार सय मत गणना हुँदा आचार्यले ९२३ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले ८०६ मतले पछ्याइरहेका छन्। थापाको भन्दा आचार्यको ११७ मत बढी छ।

त्यसैगरी स्वतन्त्रबाट मेयरका उम्मेदवार बनेका खड्कराज (गनेश) पौडेलले ५२ पत पाएका छन्।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी कोपिला रानाभाटले एक हजार २८ मत पाएकी छिन्। एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ९०४ मत पाएकी छिन्।

पोखरा महानगरपालिका अहिलेसम्म वडा नम्वर १,२ र १२ को मतगणना चलिरहेको छ।

जेठ १, २०७९ आइतबार ११:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।