वीरेन्द्रनगर: मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता कायमै 

वीरेन्द्रनगर: मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता कायमै 

सुर्खेतः वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। पछिल्लो मतपरिणामअनुसार कांग्रेसका उपेन्द्र खड्काले मेयरमा एक हजार ३९१ मत पाएका छन्।

एमालेबाट मेयरका उम्मेदवार मोहनमाया भण्डारीले एक हजार २९८ र राप्रपाका मुकुन्दश्याम गिरीले ५३९ मत पाएका छन्।

उपमेयरमा भने एमालेका उम्मेदवार निलकण्ठ खनालले एक हजार ५७४ मतका साथ अग्रता लिएका छन्। माओवादीका उम्मेदवार शान्ति ढकालले एक हजार २१० मत पाएकी छिन्। राप्रपाले १२६ मत उपमेयरमा पाएको छ।

वीरेन्द्रनगरमा कांग्रेस–माओवादीबीच चुनावी गठबन्धन गरिएको थियो।

जेठ १, २०७९ आइतबार ०८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।