पोखरा महानगरको मेयर पदमा गठबन्धनका आचार्यलाई अग्रता
पोखरा : पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन्। पोखरा महानगरपालिका वडा नम्बर १ र १२ वडाको दुई सय मतगणना हुँदा आचार्यले ७७ मतले अग्रता लिएका हुन।
एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ७४ मतले आचार्यलाई पछ्याइरहेका छन्। उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ८५ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ८३ मत ल्याएकी हुन्।
वैशाख ३१, २०७९ शनिबार २२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।