सुर्खेतका कुन पालिकामा कसको अग्रता ?
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक हजार तीन सय १ मतगणना गर्दा नेपाली काँग्रेसका उपेन्द्र खड्का अगाडि देखिएका छन् ।
उनले ४४१ मत ल्याएका थिए। खड्का माओवादी काँग्रेसका साझा उम्मेदवार हुन्। यस्तै एमालेकी मोहनमाया ढकालले ४०३ मत पाएर दोस्रो स्थानमा छन् ।राप्रपाका मुकुन्दश्याम गिरी १४७ मत ल्याएर तेस्रो स्थानमा छन्।
उपप्रमुखमा भने एमाले अगाडि छ। एमालेका निलकण्ठ खनालले ४५५ मत ल्याउँदा माओवादीकी शान्ति ढकालले ३८६ मत ल्याएकी छन्। उनी गठबन्धनकी साझा उम्मेदवार हुन्।
बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस ६९, एमाले ११२ माओवादी केन्द्र १०४, राप्रपाका उम्मेदवारले ४ मत पाएका छन्। यस्तै चौकुने गाउँपालिकाको अध्यक्ष माओवादी १४१, कांग्रेस १२७, एमाले १००, समाजवादीका उम्मेदवारले ५७ मत पाएको छ।
भेरीगंगा नगरपालिकाको प्रमुखमा नेपाली काग्रेसका उम्मेदवारले १५३ नेकपा एमाले १५५, राप्रपाले ५मत पाएको छ। यस्तै गुर्भाकोट नगरपालिका प्रमुखमा हस्त पुन (कांग्रेस) ६२१, थ्तिलक खत्री एमालेका उम्मेदवारले ६१६ मत पाएका छन्।
चिङ्गाड गाउँपालिका प्रमुमा एमालेका बोध विक्रम जि.सीेले ६५९, कांग्रेसका डोर प्रसाद शर्माले ४५३ र राप्रपाका जित सिं रावतले १० मत पाएका छन्।
यस्तै पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका कर्ण बहादुर थापाले ४७९ मत ल्याएर उनको प्यानल नै विजयी भएको छ। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ३६३, माओवादीकाले ४२, राप्रपाले १४ र समाजवादीले ३ मत ल्याएर पराजित भएक हुन्। यस्तै बराहताल गाउँपालिका वडा नम्बर १ को सुर्खेत बराहताल १ मा माओवादीको प्यानल विजयी भएको छ।
जम्मा सात सय ४० मत खसेकोमा माओवादीका वमबहादुर बुडुवाल ‘तारा’ ले दुई सय ७५ मत ल्याएर विजयी भएका हुन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवारले दुई सय २८, नेकपा एमालेले एक सय ७५ मत प्राप्त गरे। यस्तै चिङ्गाड गाउँपालिका वडा नम्बर १ को वडाअध्यक्षमा एमालेका टेक बहादुर रजाली विजयी भएका छन्। कुल खसेको मत ११सय ७५ मा उनले ६८२ मत ल्याएरविजयी भएका छन्।
नेपाली कांग्रेसका वीर बहादुर वलीले ४२४ र माओवादी केन्द्रका उम्मेदवारले ६ मत ल्याएर पराजित भएका हुन्।
वैशाख ३१, २०७९ शनिबार २२:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।