तिलोत्तमा खाँण र सैनामैनामा फणेन्द्र शर्माको अग्रता कायमै

तिलोत्तमा खाँण र सैनामैनामा फणेन्द्र शर्माको अग्रता कायमै

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा अहिले पनि नेपाली कांग्रेसका रामकृष्ण खांणले अग्रता कायम राखेका छन्।

गठबन्धनबाट मेयरका उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाणले कुल ८५० मत गणना हुँदा ३२४ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका मोहन चापागाईंले ३०३ मतका साथ पछ्याइरहेका छन्।  

यसैगरी सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धनका फणेन्द्र शर्माले अग्रता कायमै राखेका छन्। १९ सय मत गणना हुँदा उनले ८५३ मत लिएका छन्। यस्तै एमालेका चित्रबहादुर कार्कीले ६७२ मत पाएका छन्।

वैशाख ३१, २०७९ शनिबार २१:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।