तनहुँको रिस्तीमा जेठ चारमा पुन: मतदान हुने

तनहुँको रिस्तीमा जेठ चारमा पुन: मतदान हुने

पोखरा : तनहुँको ब्यास नगरपालिका–८रिस्तीमा शुक्रबार सम्पन्न भएको निर्वाचन रद्ध गरेर पुनः मतदान गरिने भएको छ। निर्वाचन कार्यलय तनहुँले यही जेठ ४ गतेका दिन रिस्तीका दुवै केन्द्रमा निर्वाचन गर्ने जनाएको हो।

उक्त केन्द्रमा शुक्रबार निर्वाचन चलिरहेको अवस्थामा ब्यासको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका दीपकराज जोशी मतदान केन्द्रमा पुगेर निर्वाचन अधिकृतले हस्ताक्षर गरेको मतपत्र च्यातेपछि विवाद भएको थियो।
 
एमालेसँगको सहमतिमा उम्मेदवारी दिएका जोशीले मतपत्र च्यात्न खोजेपछि भएको झगडामा उनको टाउकोमा चोट लागेको थियो। त्यसपछि उनलाई दमैलीमा उपचार गराएर पोखरा ल्याइएको थियो।

झगडामा दीपकराज घाइते भएपछि जोशीपक्षले रामचन्द्र पौडेलको निर्देशनमा आक्रमण भएको भन्दै रिस्ती केन्द्रको मतदान स्थगित गर्न माग गरेका थिए। तनहुँको ब्यास नगरपालिकाको बाहेकका सबै पालिकाको मतगणना गर्न निर्देशन दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगले शनिबार साँझ भने रिस्तीका दुवै केन्द्रमा जेठ चार गते निर्वाचन गर्ने सूचना जारी गरेको हो।
 

वैशाख ३१, २०७९ शनिबार २१:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।