मोदी आउने भएपछि लुम्बिनीको सुरक्षा व्यवस्था कडा
बुटवल : २५६६ औं बुद्धजयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि भारत सरकार सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकतामा राखेका छ।
जेठ २ गते लुम्बिनी आउने कार्यक्रम तय भएसँगै मोदीको सुरक्षा व्यवस्थालाई प्राथमिकतामा भारत सरकारले पारेको हो। मोदी लुम्बिनीमा आउने निश्चित भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको हो। आज भारतका २ ओटा हेलिकप्टरमा भारतीय सुरक्षाफौज सहितको टिमले लुम्बिनीमा आएर हेलिप्याड जाँच गरी फर्किएका छन्।
भारतीय उच्च सुरक्षा निकाय र भारतीय पत्रकारहरू लुम्बिनी आइसकेका छन् भने नेपाल सरकारका गृहमन्त्री सहितको टोली भोलि लुम्बिनी आइपुग्ने बताइएको छ।
वैशाख ३१, २०७९ शनिबार २०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।