बुटवलमा काँग्रेसका पाण्डेको अग्रता कायमै, एमालेका भट्टराई तेस्रो स्थानमा
बुटवल : बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका खेलराज पाण्डेले ६०३ मत ल्याएका छन्। गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पाण्डेले १४ सय मत मतगणना हुँदा ६०३ मत प्राप्त गरेका हुन्। उनले सुरु देखि अग्रता बनाइरहेका छन्।
दोस्रोमा राप्रपाका मृगेन्द्र शेरचन छन्। उनले ३०२ मत ल्याउँदा तेस्रो स्थानमा रहेका बाबुराम भट्टराईले २३९ मत पाएका छन्। उपप्रमुखमा भने राप्रपाले अग्रता बनाएको छ। राप्रपाकी भगवती पाण्डेले ३१९ मत तथा एमालेकी सावित्रा अर्यालले २९४ मत ल्याउँदा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका चीनबहादुर गुरूङले २४३ मत प्राप्त गरेका छन्।
वैशाख ३१, २०७९ शनिबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।