स्थानीय तहको निर्वाचन अनुमान भन्दा फरक : पर्यवेक्षक

स्थानीय तहको निर्वाचन अनुमान भन्दा फरक : पर्यवेक्षक

काठमाडौँ :  स्थानीय तह निर्वाचनको मतदानको दिनको पर्यवेक्षण गरेको निर्वाचन पर्यवेक्षण समिति नेपालले निर्वाचन अपेक्षाकृत अनुमान गरिएको भन्दा केही फरक तर सापेक्षितरुपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएको छ। 

निर्वाचनको संस्थाको तर्फबाट ७४ जिल्लामा ४ सय ३ जना राष्ट्रिय पर्यवेक्षकहरू र स्वतन्त्र बुद्धिजीवी सहभागी रहेको संस्थाको विज्ञप्तिमा उल्लेख छ।

स्थलगत पर्यवेक्षणबाट मध्यान्हसम्म प्राप्त प्रारम्भिक विश्लेषण अनुसार निर्वाचनमा मतदाताहरूले उत्साहपूर्वक सहभागी भएको उल्लेख गरेको छ।मतदानको दिन महिला र शारीरिक फरक क्षमता भएका मतदाताहरूको लागि मतदान स्थलमा मतदान गर्न पहुँचको असुविधा भएको देखिएको, कुनै कुनै मतदान स्थलमा शारीरिक क्षमता कमजोर भएका मतदाताहरू वैशाखी टेकेर, ज्येष्ठ नागरिकहरू आफन्तको काँधमा झुन्डिएर, गएको देखिएको उसले उल्लेख गरेको छ।

नेपालगन्जमा ह्विलचियर मतदान केन्द्रभित्र लग्न नदिँदा कष्टपूर्वक घिस्रिँदै मतदान केन्द्रभित्र मतदान गर्न गएको देखिएको, अशक्त र सहारा चाहिने व्यक्तिहरूको लागि मतदान गर्न आफ्नो नजिकको नातेदारले सहयोग गर्न पाउने कानुनी अधिकारको दुरुपयोग गरेको देखिएको र यसैलाई कारण बनाएर राजनीतिक दलहरूबिच आपसी द्वन्द्व वातावरण सिर्जना भएको समेत उल्लेख छ।

हुम्ला, बारा, बाजुरा, गोरखा, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिराहा, सर्लाही, बझाङ, रोल्पा, सप्तरी, रौतहट, जुम्ला, तनहुँ, पर्वत, दैलेख लगायतका कतिपय निर्वाचन केन्द्रहरूमा हिंसात्मक घटना भई प्रहरीहरुद्धारा हवाई फायर नै गर्नुपर्ने अवस्थाहरूको सिर्जना भएकाले आयोगले प्रचार गरेबमोजिम निर्वाचन सुरक्षामा सवाल उठेको छ विज्ञप्तिमा उल्लेख छ।

कुनै कुनै मतदान स्थलमा खटिएका कर्मचारीहरूको व्यक्तिगत राजनीतिक आस्था निर्वाचन स्वच्छताको लागि अवरोधका रूपमा देखिएको र दुर्बल पक्षका प्रतिस्पर्धा विरोधमा मात्र सीमित रहन गएका देखिएको निर्वाचन शिक्षा मौन अवधिमा मात्र सञ्चालन गर्ने निर्वाचन आयोगको योजना भएता पनि, स्वयम् निर्वाचन अधिकृतहरुनै अनभिज्ञ भएको पाइएको उल्लेख छ।

वैशाख ३०, २०७९ शुक्रबार १९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।