मतगणना आजैबाट सुरु हुन्छ : निर्वाचन आयोग
काठमाडौँ : निर्वाचन आयोगले आजै साँझबाट मतगणना सुरु गर्ने तयारी गरेको छ। बेलुका पाँच बजेसम्म लाइनमा रहेका मतदातालाई मतदान गर्न दिने र मतदान सकिएपछि मुचुल्का उठाएर मतगणना सुरु गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
'शुक्रवार अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइनेछ। मतदान कार्य सकिएपछि मुचुल्का तयार गरेर पार्टी र उम्मेदवारको रोहबरमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरी आजै मत गणनाको काम सुरु गर्नेछौँ;' उनले भने।
उनका अनुसार दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको छ। मतदानमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान कार्य भइरहेको उनले बताए।
वैशाख ३०, २०७९ शुक्रबार १४:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।