कर्णाली प्रदेश: १३ हजार ६५ उम्मेदवार मैदानमा, यस्तो छ जिल्लागत विवरण
सुर्खेत: कर्णाली प्रदेशका १० वटै जिल्लाका ७९ वटा पालिकामा बिहान ७ बजेबाटै मतदान सुरु भएकाे छ। कर्णालीमा १० लाख एक हजार दुई सय ८२ मतदाता छन्। २५ नगरपालिका, ५४ गाउँपालिका र सात सय १८ वडा रहेका छन्।
७९ पालिकाको प्रमुखमा चार सय १९, उपप्रमुखमा ३८५ जनाले चुनावी प्रतिस्पर्धा गर्दैछन्।
यस्तै, सात सय १८ वडामा दुई हजार नौ सय २४ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। प्रदेशभर दुई हजार ३८० महिला वडा सदस्यले चुनावी प्रतिस्पर्धा गर्दा दुई हजार २७ महिला दलित सदस्य चुनावी मैदानमा छन्।
यस्तै खुला सदस्यतर्फ चार हजार नौ सय ३० जना छन्।
प्रदेश राजधानी समेत रहेको सुर्खेतका नौ स्थानीय तहका लागि प्रमुखमा ६१ जनाको उम्मेदवार हुँदा उपप्रमुखमा ५२ जना चुनाव लड्दैछन्।
९९ वडा रहेको सुर्खेतमा चार सय ६० जनाले वडाध्यक्ष, तीन सय ८६ महिला सस्यमा, तीन सय ४० दलित सदस्य र सात सय ८५ खुला सदस्य चुनावी मैदानमा छन्।
जेष्ठ नागरिक, अशक्त, अपांग लगायतका मतदाताहरू मतदान केन्द्रमा भाेट हाल्न आइरहेका छन्।
सल्यान
९ वटा स्थानीय तह रहेको सल्यानमा ४६ जना प्रमुख, ४१ जना उपप्रमुख पदमा उम्मेदवार छन्। तीन सय १७ जना वडाध्यक्षका उम्मेदवार हुँदा दुई सय ६७ जना महिला, दुई सय ५३ दलित महिला र पाँच सय ५८ जना खुला सदस्य गरी जम्मा एक हजार चार सय ८२ जना चुनावी प्रतिस्पर्धामा छन्।
रुकुमपश्चिम
६ वटा स्थानीय तह रहेको रुकुमपश्चिममा २६ जना प्रमुख र १८ जना उपप्रमुख पदमा उम्मेदवार हुँदा एक सय ९२ जना वडाध्यक्ष, एक सय ७० जना महिला सदस्य, एक सय ६२ दलित महिला सदस्य र तीन सय ३४ खुला सदस्य गरी नौ सय दुई जना चुनावी प्रतिस्पर्धामा छन्।
जाजरकाेट
७ वटा स्थानीय तह रहेको जाजरकोटमा एक हजार दुई सय तीन जना चुनावी भिडन्तमा छन्। जसमा प्रमुख २९ जना, उपप्रमुख २५, वडाध्यक्ष दुई सय ६४ जना उम्मेदवार छन्।
यस्तै, दुई सय १७ जना महिला सदस्य, दुई सय सात जना दलित महिला सदस्य र खुला सदस्यमा चार सय ६१ जनाले चुनावी प्रतिस्पर्धा गरेका छन्।
डाेल्पा
डोल्पामा सात सय २० जना उम्मेदवार छन्। ८ स्थानीय तह रहेको डोल्पामा प्रमुख २४ जना, उपप्रमुख २७ जना र एक सय ७५ जनाले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
एक सय १५ जना महिला सदस्य, ८१ जना दलित महिला सदस्य र दुई सय ७८ जना खुला सदस्य रहेका छन्।
जुम्ला
जुम्लामा ८ स्थानीय तहका लागि एक हजार दुई सय ९६ जना प्रतिस्पर्धामा छन्। जुम्लामा प्रमुख पदका लागि ५३ जनाको उम्मेदवारी दर्ता हुँदा उपप्रमुखमा ५६ जनाले उम्मेदवारी दिएका छन्।
दुई सय ८७ जना वडाध्यक्ष, दुई सय ४६ महिला सदस्य, एक सय ७२ दलित महिला सदस्य र चार सय ८२ जना खुला सदस्य पदका उम्मेदवार रहेका छन्।
हुम्ला
हुम्लामा नौ सय २० जनाले सात स्थानीय तहका लागि उम्मेदवारी दिएका छन्। जसमा ३६ जना प्रमुख, ४२ जना उपप्रमुख, दुई सय २९ वडाध्यक्ष, एक सय ५९ जना महिला सदस्य उम्मेदवार रहेका छन्। यस्तै दलित महिला सदस्य एक सय आठ र खुला सदस्य तीन सय ४६ रहेका छन्।
कालिकोट
९ वटा स्थानिय तह रहेको कालिकोटमा एक हजार आठ सय ४९ जना चुनावी मैदानमा छन्। ५७ जना प्रमुख, ४८ जना उपप्रमुख, चार सय १४ वडाध्यक्ष पदका उम्मेदवार बन्दा तीन सय ३९ महिला सदस्य, दुई सय ८७ दलित महिला सदस्य र सात सय चार जना खुला सदस्य रहेका छन्।
मुगु
मुगुका चार स्थानीय तहको लागि आठ सय ४४ जनाले उम्मेदवारी दिएका छन्। प्रमुख २४, उपप्रमुख ४८, वडाध्यक्ष दुई सय चार, महिला सदस्य एक सय ४५, दलित महिला सदस्य एक सय २७ र खुलामा तीन सय २२ जना उम्मेदवार रहेका छन् ।
दैलेख
११ स्थानीय तह रहेको दैलेखमा एक हजार सात सय ६५ जना उम्मेदवारहरू छन्। प्रमुख ६३, उपप्रमुख ५४, वडाध्यक्ष तीन सय ८२, महिला सदस्य तीन सय १६, दलित महिला सदस्य दुई सय ९० र खुला सदस्य ६ सय ६० जना छन्।
वैशाख ३०, २०७९ शुक्रबार १०:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।