मतदान गर्न वृद्धवृद्धाको आकर्षण, तिलोत्तमामा १०८ वर्षीया वीरकट्टाले हालिन् भोट
काठमाडौंः स्थानीय तह निर्वाचन घर-आँगनको निर्वाचन हो। त्यसैले पनि संघीय र प्रादेशिक निर्वाचनभन्दा यसमा मतदाताको आकर्षण बढी नै हुन्छ।
यस्तै दृश्य देखियो रुपन्देहीको तिलोत्तमामा। तिलोत्तमा वडा नं ८ स्थित ज्योति आधारभूत स्कुलबाट १०८ वर्षीय एक वृद्धले मतदान गरेकी छिन्।
१०८ वर्षीय टोपली वीरकट्टाले मतदान गरेकी हुन्।
यस्तै दृश्य नुवाकोटको सूर्यगढी गाउँपालिकामा पनि देखियो। त्यहाँ ८४ वर्षकी दुर्गादेवी अधिकारी लौरोको टेको र सहयोगीको हात समाउँदै मतदानका लागि ईलाका प्रहरी कार्यालय चोकदेको मतदान केन्द्रसम्म आएकी थिइन्।
यो केन्द्रमा एक हजार ४१९ मतदाता छन्।
यस्तै ८८ वर्षका खड्गबहादुर क्षेत्री र ७९ वर्षका जनार्दन अधिकारी पनि यहाँ मतदान गर्न आफ्नो पालो कुर्दै थिए।
महिला र पुरुषका लागि भिन्दाभिन्दै लाइन भए पनि वृद्ध-वृद्धाका लागि छुट्टै लाइनको व्यवस्था नहुँदा उनीहरू भीड कम भएको समय कुर्न बाध्य छन्।
तस्बिरहरू: विकाश पराजुली र दिपेन्द्र अधिकारी
वैशाख ३०, २०७९ शुक्रबार ०८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।