प्रचण्डलाई संहिता उलङ्घनकर्ताको सूचीमा राख्ने चेतावनीसहित आयोगको पत्र

प्रचण्डलाई संहिता उलङ्घनकर्ताको सूचीमा राख्ने चेतावनीसहित आयोगको पत्र

काठमाडौँ : मौन अवधिमा भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालको पक्षमा भोट मागेको भन्दै निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईलाई ८ घण्टाको समय दिएर स्पष्टीकरण सोधेको छ।  

चितवनमा रहेका प्रचण्डले होटेलमा भेला गर्ने तथा स्थानीय नेता/कार्यकर्तालाई घरमा बोलाएर निर्देशन दिने लगायतका गतिविधि गरेको भन्दै जिल्ला निर्वाचन आयोगको कार्यालयमा उजुरी परेको थियो।

प्रचण्ड बिहीबारै माडी गएर स्थानीय नेता र कार्यकर्ताहरूसँग समेत छलफल गरेका थिए। आयोगले उनलाई ८ घण्टाभित्र लिखित जवाफ माग्दै आचार संहिता उलङ्घनकर्ताको सूचीमा किन नराख्ने भनेर चेतावनी समेत दिएको छ।

'मौन अवधिमा यहाँबाट भएका क्रियाकलापबाट निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ को खण्ड (क) र खण्ड (ग) मा उल्लिखित मौन अवधिमा पालना गर्नुपर्ने आचरणको उल्लङ्घन भएको छ। प्रस्तुत सन्दर्भमा यहाँबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको अवस्थामा यहाँको नाम निर्वाचन आचारसंहिताको उल्लङ्घनकर्ताको रूपमा किन सार्वजनिक गर्नु नपर्ने हो?' पत्रमा भनिएको छ।

वैशाख २९, २०७९ बिहीबार १९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।