बुटवलमा तारजाली र सिसी क्यामेरासहित मतगणना स्थल तयार
बुटवल : बुटवल उपमहानगरपालिकाको मतगणना स्थलमा सिसिटिभी क्यामरा र जाली सहितको फलामको बार लगाइएको छ। ०७४ सालको निर्वाचनमा भने फलामको बार लगाइएको थिएन। चितवनको भरतपुर महानगरपालिका १९ मा मतपत्र च्यातिएको घटना पछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गणना स्थलमा तारजाली र सिसिटिभी क्यामराको जडान गरिएको हो।
बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा तयार गरिएको गणना स्थलमा भोलि मतदान सकिएपछि सबै मतपत्र त्यहाँ ल्याइनेछ। मतगणना स्थलमा दलका प्रतिनिधि बस्ने ठाउँ छाडेर तारजाली सहितको फलामको बार राखिएको हो। त्यस्तै ८ वटा सिसिटिभी पनि जडान गरिएको छ।
निर्वाचन अधिकृत लेखनाथ पौडेलले प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी जाली सहितको फलामको बार बनाइएको बताए। बुटवलमा ९७ पदका लागि ४७७ जनाको उम्मेदवारी परेको छ।
वैशाख २९, २०७९ बिहीबार १७:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।