विप्लवले पार्टीबाट बर्खास्त गरेका नेकपा बहुमतका सञ्योजक धर्मेन्द्र बाँस्तोला पक्राउ
काठमाडौंः नेकपा बहुमतका सञ्योजक धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन्। आज बिहान दाङको भालुबाङमा बाँस्तोलासहित तीन नेतालाई पक्राउ गरिएको हो।
पक्राउ परेका बाँस्तोला यसअघि नेत्रविक्रम चन्द विप्लवको नेकपामा आबद्ध थिए। तर बैठकको निर्णय र नेतृत्त्वविरूद्ध काम गरेको भन्दै उनीसहित हेमन्तप्रकाश वलीलाई विप्लवले पार्टीबाट बर्खास्त गरेका थिए।
बर्खास्तीपछि भने उल्टै चन्दलाई नै कारबाही गरी बाँस्तोला लगायतले नेकपा बहुमत गठन गरेका थिए। बहुमत पार्टीको गठनपछि निर्वाचन बहिस्कार गर्ने रणनीति बनाएका कारण उनीहरूलाई सुरक्षाको दृष्टिकोणले प्रहरीले नियन्त्रणमा लिएको हो।
वैशाख २९, २०७९ बिहीबार ०८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।