श्रीमानको घरमा शौचालय नहुँदा नवदुलहीले गरिन् आत्महत्या
तामिलनाडु : श्रीमान्को घरमा शौचालय नहुँदा एक नवदुलहीले आत्महत्या गरेकी छन्। भारतको तामिलनाडुस्थित कुड्डालोर जिल्लाकी के राम्याले बिहे गरेको एक महिना नबित्दै आत्महत्या गरेकी हुन्। टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार मृतक २७ वर्षीया राम्या एक निजी अस्पतालकी फार्मासिस्ट हुन्।
स्थानिय युवक कार्थिकेयानसँगको दुई वर्ष लामो प्रेम सम्बन्धपछि गएको अप्रिल ६ मा उनको बिहे भएको थियो। संस्कारअनुसार बिहे भएको एक हप्तापछि उनी आफ्नो माइती घर पुगेकी थिइन्। माइती घर जाँदा उनले आफ्ना बुबासँग शौचालय निर्माण गरेपछि मात्र श्रीमानको घर फर्किने बाचा गरेकी थिइन्।
मृतक राम्याकि आमाले प्रहरीसमक्ष दिएको बयानअनुसार आफ्ना श्रीमानको घरमा शौचालय नभएकाका कारण उनी खुसी थिइनन् भने अधिकांश समय तनावमा रहन्थिन्। उता मृतकका पतिले श्रीमतीको लागि शौचालय निर्माण सुरु गरेका थिए। तर शौचालयकै कारण तनावमा रहेकी राम्याले यहि मे ६ मा सारीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
वैशाख २८, २०७९ बुधबार २१:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।