बुटवल मेयर उम्मेदवारकी श्रीमती सुकुम्वासी बस्तीमा जाँदा तनाव

बुटवल मेयर उम्मेदवारकी श्रीमती सुकुम्वासी बस्तीमा जाँदा तनाव

बुटवल : बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईकी पत्नीमाथि मतदाता प्रभावित पार्न पैसा बाँड्न लागेको आरोप लागेको छ। 

पैसा बाँड्न लागेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। भट्टराई पत्नीमाथि मौन अवधिमा पैसा बाँडेको आरोप नेपाली कांग्रेसको छ। वडा नम्बर ११ मझुवा टोलको सुकुम्वासी बस्तीमा गएकी उनकी श्रीमती माया भट्टराईलाई स्थानीयले घेरा हालेका थिए। 

स्थानीयले घेरा हालेपछि प्रहरी पुगे उनलाई उद्धार गरेको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले कोही पनि पक्राउ नगरेको बताए।
 

वैशाख २८, २०७९ बुधबार १७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।