कपिलवस्तुको महाराजगञ्ज नगरपालिको स्थगित निर्वाचन जेठ ३ गते हुने
बटवल : कांग्रेसको तर्फबाट कपिलवस्तुको महाराजगंज नगर पालिकाको उपमेयर उम्मेदवार बनेकी शोभावति कुर्मीको मृत्यु भएपछि स्थगित भएको छ। स्थगित निर्वाचन जेठ ३ गते हुने भएको छ।
निर्वाचन आयोगले मंगलबारका दिउँसोका लागि कार्यक्रम प्रकाशित गर्दै नयाँ कार्यतालिका प्रकाशन गरेको हो। नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी निवर्तमान उपप्रमुख शुभावति कुर्मीको सोमबार मृत्यु भएको थियो ।
उक्त पदमा वैशाख २८ गते उम्मेदवारी दिने कार्यतालिका प्रकाशित गरिएको छ। अन्य ९ स्थानीय तहमा भने वैशाख ३० गते नै निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।
वैशाख २७, २०७९ मंगलबार १९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।