चुनाव हार्ने डरले गठबन्धन जनतालाई धम्क्याउन थाल्यो : अध्यक्ष ओली

चुनाव हार्ने डरले गठबन्धन जनतालाई धम्क्याउन थाल्यो : अध्यक्ष ओली

बुटवल : एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशको सरकार ३० बैशाखमा हुने स्थानिय तहको निर्वाचन पछि जरैदेखि फालिने बताएका छन्। बुटवलमा चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा अलच्छिन पसेको भन्दै अलच्छिन सरकारलाई ३० बैशाख पछि जरैदेखी उखलेर फालिने बताएका हुन्।

‘एमाले सरकारमा रहँदा कुनै पनि योजनामा बजेट कमी हुन दिएन। अहिले बाटो बनाउन, सभा सम्मेलन बनाउन, विकास निर्माणको काम गर्न पैसा छैन भन्छ। गठबन्धन आएपछि कस्तो अलच्छिन पस्यो, उनले भने ।

उनले एमाले एउटा शेर र गठबन्धन १० वटा स्याल भएको टिप्पणी गरे। उनले देशमा विकासको लहर ल्याउन एमालेको स्थानीय देखि संघसम्म सरकार हुनुपर्ने बताए।

‘अहिले हामीले जितेनौँ भने प्रादेशिक र संघीय सरकारले पठाउने योजन पर्दैनन। स्थानीयबाटै विजय यात्रा सुरु गर्नुपर्छ। अब कुनै अलमल पर्नु पर्दैन।’ उनले भने।

यस्तै उनले विगतमा जस्तै बुटवललाई लालकिल्ला काय राख्न आग्रह गरे। अध्यक्ष ओलीले कसैका छोरीहरुले हार्दैमा देश दुर्घटनामा जान्छ भनेर जनतालाई तर्साउने काम नगर्न समेत उनले आग्रह गरे। उनले आजको जनता कसैसँग  धम्किने र तर्सिने नभएको बताए। उनले अहिलेसम्म २७ वर्ष कांग्रेस सरकारमा रहयो र २० वर्ष आफै नेतृत्वमा गरेपनि एउटा काम कांग्रेसले नगरेको बरु ४२ वटा उद्योग कांग्रेसले विक्रि गरेर खाएको आरोप लगाए।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले ११ लाख जनतालाई लालपूर्जा दिने बेला अनेक थरी हतकण्डा अप्नाएर आयोग खारेज गरी जनतालाई पूर्जा वितरण परमादेशको सरकारले नगरेको बताउँदै अब आफ्नो पार्टी नेतृत्वमा आउन साथ लालपुर्जा वितरण गर्ने बताए।

वैशाख २५, २०७९ आइतबार १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।