भ्रष्टाचार गर्ने पार्टीलाई निर्वाचनमा सजाय दिनुपर्छ : अध्यक्ष लिङ्देल
पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले भ्रष्टाचार गर्नेलाई पार्टीलाई स्थान नदिने बताएका छन्। शनिबार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गदै अध्यक्ष लिङदेलले भ्रष्टाचार रोक्नका लागि राप्रपालाई भोट दिएर जिताउन मतदातासँग आग्रह समेत गरेका छन्।
अध्यक्ष लिङ्देलले राप्रपाका उम्मेदवारले जित हासिल गरेमा जनतालाई विकास, समृद्धि र सुशासन सहित दुर्तरुपमा विकाश गर्ने प्रतिबद्धता समेत ब्यक्ता गरे। उनले ठुला पार्टीहरू भ्रष्टचारमा लिप्त भएकाले कुकर्मको सजाँय स्वरूप स्थानीय तहको निर्वाचनमा उनीहरूको मतको बाकस खाली गरिदिन आग्रह समेत गरे।
अध्यक्ष लिङदेलले देश बनाउनका लागि सबै सुध्रिन आवश्यक रहेका बताउँदै दलहरूले आफ्नो क्रियाकलाप नसुधारेकाले अबको भोट आफ्नो पार्टीलाई दिनु पर्ने बताए। उनले बषौंदेखि भोट पाउँदै आएका दलहरू जनताप्रति उत्तरदायी नभएकाले उनीहरूलाई सुधार्ने विकल्प भनेको निर्बाचन मात्र भएको बताए। उनले भने, ‘राजनीतिक पार्टीहरूलाई वर्षौँदेखि भोट हाल्दै आयौँ। विकास, समृद्धि र सुशासनको आसवासन मात्र दिए। निर्वाचत भएका कुर्सीमा पुगेपछि भ्रष्टाचारमा लिप्त भए। अब, एउटा मात्र विकल्प भनेको निर्वाचन तिनै दलविरुद्ध मत हालेर सजाय दिनुपर्छ। अनि मात्र उनीहरूको घैँटामा घाम लाग्छ।’
अध्यक्ष लिङ्देलले जनताले ठुला दलका विरुद्ध मतदान गरेपछि नेताहरूले कि चुनावी मैदान छाड्ने, कि त राम्रो काम गर्ने तर्फ गरे।
कांग्रेस, माओवादी, समाजवादी एमाले लगायतका दललाई सुधार्नका लागि उनीहरुलाई निर्वाचनमा पराजीत गरेर पाठ सिकाउनु पर्ने उनको भनाइ छ। उनले भने,‘भोट दिने भनेको देश बनाउनका लागि हो। नेतालाई भोट दिनु भनेको छोरीलाई विवाह गरेर पराइ घर पठाउने जस्तै हो। छोरी दिँदा कति सोचेर दिने गरिन्छ। तपाईँले मत दिँदा पनि त्यसैगरी सोचविचार गरेर दिनु होस। राम्रो काम गर्नेलाई भोट दिनु होस। नराम्रो गर्नेलाई सजाय।’
गलत पार्टी र नेतालाई भोट दिएको अवस्थामा पुरै देशले दुःख पाउने अध्यक्ष लिङदेलले तर्क गरे। उनले राप्रपा फरक ढंगले आएको बताउँदै सबैभन्दा माथि देश राखेको काम गर्ने बताए। अहिले राप्रपाले लिएकोको मुद्दा र अभियानले देश बचाउने उनले दाबी गरे।
लिङ्देलले देश बचाउन र बनाउन राप्रपाले आँट गरेको दाबी गरे। अध्यक्ष लिङदेलले ठुला पार्टीहरूले देशलाई असफल राष्ट्रको बाटो तर्फ धकेलेको दाबी गर्दै कांग्रेस, एमाले र माओवादी देशलाई दुर्घटनामा पुर्याएको आरोप लगाए।
वैशाख २४, २०७९ शनिबार १८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।