साउथ सुपरस्टार 'जय भीम' का नायक सूर्या र उनकी श्रीमतीविरुद्ध 'एफआईआर' दर्ता

साउथ सुपरस्टार 'जय भीम' का नायक सूर्या र उनकी श्रीमतीविरुद्ध 'एफआईआर' दर्ता

एजेन्सीः साउथ सुपरस्टार सूर्या यतिबेला समस्यामा परेका छन्। सूर्या र उनकी श्रीमती ज्योतिका दुवैविरुद्ध प्रहरीमा उजुरी परेको छ।

उजुरी पर्नुको कारण हो- जय भीम फिल्मको कतिपय सिनमा वन्नियार समुदायलाई बदनाम हुने गरी देखाउनु। रुद्र वन्नियार सेना नामको समूहले सूर्या, उनकी श्रीमतीसहित जय भीम फिल्मका निर्देशक टीजे ज्ञानवेलविरुद्ध उजुरी दिएको हो। भारतको सैदापेट अदालतले चेन्नई प्रहरीलाई एफआईआर दर्ता गर्न निर्देशन समेत दिइसकेको छ।

यो समूहले यसअघि फिल्मको प्रदर्शनको बेला नै फिल्ममाथि रोक लगाउनुपर्ने माग गरेको थियो। उजुरीकर्ताहरूले फिल्मबाट आपत्तिजनक सिन हटाउन र ५ करोड क्षतिपूर्ति दिन माग गरेका छन्। यस्तै फिल्म युनिटले माफी माग्नुपर्ने उनीहरूको माग छ।

फिल्ममाथि यत्रो असहति रहँदा रहँदै पनि यस वर्ष भारतबाट यही फिल्मलाई अस्करमा समेत पठाइएको थियो।

वैशाख २३, २०७९ शुक्रबार १०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।