खेलकुद पत्रकार मञ्चमा देवेन्द्रको नेतृत्वमा नयाँ समिति
काठमाडौँ : नेपाल पत्रकार महासङ्घको एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चको १७ औं साधारण सभाले दुर्गा नाथ सुवेदी( देवेन्द्र) को नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको छ। बुधवार भएको निर्वाचनले देवेन्द्रको नेतृत्वमा नयाँ समिति चयन गरेको हो।
उनी यस अगाडि पनि मञ्चको अध्यक्ष नै थिए। १७ औँ साधारण सभामा १६ औँ बाट निर्वाचित धेरै पदाधिकारी दोहोरिएका छन्।
१७ औँ सभाले उनीसहित प्रथम उपाध्यक्षमा निरञ्जन अधिकारी, उपाध्यक्षमा सञ्जीव शिल्पकार, उपाध्यक्षमा गोविन्द रेग्मी, महासचिवमा प्रज्वल ओली, सचिवमा अञ्जन खड्का, कोषाध्यक्षमा सुजन श्रेष्ठ र सदस्यहरूमा अनिल मल्ल ठकुरी, कुशल तिमिल्सिना, निशान राई र महिला सदस्यमा मुना कार्कीलाई चयन गरेको छ।
वैशाख २१, २०७९ बुधबार २०:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।