अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, आन्तरिक उडान स्थगित
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु भेटिएको छ। आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु रहेको आशंकामा विमानस्थलको सुरक्षा बढाइएको छ।
अज्ञात व्यक्तिले विमानस्थलको यात्रु पर्खने ठाउँमा बम राखेको भनेर फोनमा जानकारी आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको छ।
अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च गरिरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।
अज्ञात व्यक्तिले विमानस्थलका ड्युटी अफिसरलाई शंकास्पद वस्तु रहेको भन्दै फोन गरेको र घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ।
अहिले केही समयका लागि आन्तरिक उडान स्थगित गरिएको बताइएको छ।
वैशाख २१, २०७९ बुधबार ११:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।