आज आंशिक बदली, कतै-कतै वर्षा
काठमाडौं : आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने अन्य भू-भागमा आंशिक बदली रहने छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागका केही र तराई भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।
आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। अरू भू-भागमा आंशिक बदली रहनेछ।
प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तीन मौसमी प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।
वैशाख २१, २०७९ बुधबार ०७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।