आइजिपी नियुक्ति विरुद्धको रिटमा आजबाट सुनुवाइ हुने

आइजिपी नियुक्ति विरुद्धको रिटमा आजबाट सुनुवाइ हुने

काठमाडौँ : आइजिपीमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय विरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ। एआइजी विश्वराज पोखरेलले  सर्वोच्च अदालतमा रिट हालेका थिए।

उनको तर्फबाट रिट लिएर कानुनी सहयोगी सुनिता रावत सर्वोच्चमा गएकी थिइन्। रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गरिएको थियो। सोमबार दर्ता भएको रिटको सुनुवाइ बुधवार तोकिएको थियो।

सिंहभन्दा पोखरेल १६ महिना अगाडि बढुवा भए पनि एक महिना अगाडि एआइजिमा बढुवा पाएका सिंहलाई सरकारले आइतबार आइजिपीमा नियुक्त गर्ने निर्णय गर्दै सोमबार दर्ज्यानी चिन्ह समेत लगाइसकेका छन्।

आइजिपी नियुक्तीबारे सर्वोच्चमा परेको रिटमा आएको आदेश हेर्दा सरकारी निर्णय कमजोर देखिन्छ। वरिष्ठता, कार्यकुशलता, कमान्ड सम्हाल्ने क्षमतालाई बढुवाको आधार बनाउन सक्ने भए पनि कारणविना बरीयतामा तलमाथि रहेकालाई नियुक्ति दिन नहुने यस अगाडिका फैसलामा अदालत बोलेको छ।

वैशाख २१, २०७९ बुधबार ०५:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।