कांग्रेसका बागी उम्मेदवार कार्कीको चुनाव चिन्ह लालटिन

कांग्रेसका बागी उम्मेदवार कार्कीको चुनाव चिन्ह लालटिन

पोखरा : पोखरा महानगरपालिकाको मेयर पदमामा गठबन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका विमलबहादुर कार्कीले चुनाव चिन्ह लालटिन पाएका छन्। शनिवार निर्वाचन कार्यालयले उनलाई चुनाव चिन्ह लालटिन प्रदान गरेको हो।

पोखरा महानगरको मेयर गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई दिने निर्णय भएपछि कांग्रेसका ऋषि सापकोटा, नन्दप्रसाद तिवारी र विमलबहादुर कार्कीले बागी उम्मेदवारी दर्ता गराएका थिए।

तर, सापकोटा र तिवारीले शुक्रवार उम्मेदवारी फिर्ता लिएका थिए। बागी उम्मेदवारी दर्ता गराएका कार्कीले भने उम्मेदवारी फिर्ता लिन मानेनन्।

वैशाख १७, २०७९ शनिबार १६:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।