प्रदेश नं १ मन्त्रिपरिषद् बैठकः किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका २०७९ स्वीकृत
विराटनगर : प्रदेश नंं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही बाधा अड्काउ फुकाउनेलगायत निर्णय गरेको छ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको छ। प्रदेश नं १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बाधा अड्काउ फुकाउने निर्णयपछि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई लगानी प्राधिकरणको सदस्य बन्ने बाटो खुल्नेछ।
किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ जारीपछि विद्यालय लक्षित किशोरी सशक्तीकरण कार्यक्रमअघि बढ्ने प्रवक्ता घिमिरेले जानकारी दिएका छन्।
वैशाख १६, २०७९ शुक्रबार २१:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।