पोखरा महानगरपालिका दुई बागीले उम्मेदवारी फिर्ता लिए
पोखरा : पोखरा महानगरपालिकामा गठबन्धन दलमध्येको नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका ऋषि सापकोटा र नन्दु तिवारीले उम्मेदवारी फिर्ता लिएका छन्। उनीहरू शुक्रबार निर्वाचन आयोगको कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएका हुन।
उनीहरूले कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका दललाई मतदान गर्न नेता कार्यकर्तालाई बाध्य पारेकाले त्यसका विरुद्ध आफूले उम्मेदवारी दर्ता गराएको दाबी गरेका थिए। तर, निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन तोकेको अन्तिम दिन पार्टीले निर्देशन दिएको भन्दै उम्मेदवारी फिर्ता गरिएको जानकारी गराएका छन्।
उम्मेदवारी फिर्ता लिएका सापकोटा कास्की कांग्रेसका पूर्वसचिव हुन्। तिवारी कांग्रेसका पूर्व कोषाध्यक्ष हुन्। अर्का बागी विमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका छैनन्। कार्कीले गठबन्धनका नाममा कार्यकर्ताको इच्छा विपरीत अन्य पार्टीका चुनाव चिन्हमा मतदान गर्न बाध्य पारिएकाले आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन्।
कार्की नेपाली कांग्रेस क्षेत्रीय समितिको पूर्व सदस्य हुन्।
वैशाख १६, २०७९ शुक्रबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।