लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशन आह्वान

लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशन आह्वान

बुटवल : आगामी वैशाख २० गतेका लागि लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन बोलाइएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले विज्ञप्ती जारी गर्दै वैशाख २० गतेका लागि अधिवेशन आह्वान गरिएको जनाएका छन्। प्रदेश सभाको नियमावली २०७४ को नियम ३ को उपनियम १ बमोजिम प्रदेश प्रमुखको आह्वानमा बैठक बोलाइएको हो। 

सभाको नवौँ अधिबेशनमा बसेका सबै बैठक एमालेले अवरोध गरेको थियो। अवरोधका बीच बजेट पारित गर्दै २९ असोजमा सभा अन्त्य गरिएको थियो। सभा अन्त्य भएको ६ महिना भित्र सभा आव्हान गर्नुपर्ने कानुनी बाध्यकारी व्यवस्था अनुसार २० गतेका लागि बैठक बोलाइएको हो। 

निर्वाचनको सम्मुखमा बोलाइएको बैठक सोही दिन बसेपछि निर्वाचन पछिका लागि आव्हान गरिनेछ।

नेकपा एमाले प्रदेश सभाका सांसदहरू विमला वली खत्री र अजय शाही पदमुक्त हुनुपर्ने माग राख्दै निरन्तर सदन अवरुद्ध गरेको छ। आगामी बैठक सम्म पनि माग सम्बोधन नभए बैठक अवरुद्ध गर्ने एमाले सचेतक भुमिश्वर ढकालले बताए।

वैशाख १६, २०७९ शुक्रबार १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।