गठबन्धनलाई समर्थन गर्दै चापागाईँले लिए उम्मेदवारी फिर्ता

गठबन्धनलाई समर्थन गर्दै चापागाईँले लिए उम्मेदवारी फिर्ता

बुटवल : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज डा. बालकृष्ण चापागाईँले उम्मेदवारी फिर्ता लिएका छन्। बुटवल उपमहानगरपालिकाका वडा नंं ४ बाट वडा सदस्यमा उम्मेदवार दिएका उनले गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन। 

नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष रहेका चापागाईँ ०७४ को निर्वाचनमै मेयरका आकांक्षी थिए। त्यस बेला मेयरमा टिकट नपाएको भन्दै एमाले उपाध्यक्ष विष्णु पौडेल विरुद्ध खरो ढंगले उत्रिएका थिए । डा. चापागाईँले पार्टीको निर्देशनअनुसार गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताए। 

गठबन्धनतर्फ प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डे र एकीकृत समाजवादीबाट उपप्रमुखमा उम्मेदवार रहेका चिनबहादुर गुरुङ उम्मेदवार छन्।

वैशाख १६, २०७९ शुक्रबार १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।