सेवाग्राहीसँग ५ लाख घुस माग्ने धनुषाका मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

सेवाग्राहीसँग ५ लाख घुस माग्ने धनुषाका मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धनुषाका कार्यरत निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भन्दै सेवाग्राहीसँग घुससहित भ्रष्टाचार गरेको आरोपमा सुनिलकुमार झाविरुद्ध अख्तियारले शुक्रबार मुद्दा दायर गरेको हो।

अख्तियारले दायर गरेको आरोप पत्रमा लेखा अधिकृत झाले जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग ५ लाख लिएको पुष्टि हुन आएको उल्लेख छ।

मालपोत अधिकृत झालाई सेवाग्राहीबाट पाँच लाख लिइसकेको अवस्थामा २०७८ चैत २८ गते नियन्त्रणमा लिएको थियो।

वैशाख १६, २०७९ शुक्रबार १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।